बास डोटी शाखाको अध्यक्षमा कठायत निर्वाचित

Sayalb

डोटी :  बागेश्वरी असल शासन क्लब बास डोटी शाखाको अध्यक्षमा बास नेपालका मनोसामाजिक कार्यकर्ता एवं पत्रकार शरिता कठाएत चयन भएकी छन् ।
बास जिल्ला शाखा डोटीले सोमबार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको तेस्रो जिल्ला अघिबेशनबाट कठायत अध्यक्षमा निर्बाचित भएकी हुन् । अन्य पदाधीकारी उपाध्यक्षमा कमला खड्का, सचिबमा लक्ष्मण बिष्ठ, सह सचिबमा बिन्द्रा मलासी, कोषाध्यक्षमा मनसरी देउवा चयन भएका छन् भने अन्य सदस्यहरुमा श्याम खड्का, राज पार्कि, जेनिस बोहरा, कृष्ण मलासी, गंगा बोहरा, चित्रा ठकुल्ला, तुल्छी ओली, बिस्ना बोगटी, चन्द्रा थापा, शारदा कार्कि, दिया साउद, भरत बम, आशा भण्डारी, ममता बोहरा र यशोदा भट्ट चयन भएका छन् ।
कार्यसमिती चयन हुनुका साथै आजको अबिधेशनले डोटी जिल्ला अन्र्तगतका विभिन्न पालिका संयोजक समेत चयन गरेको छ । जस अन्र्तरगत दिपायल सिलगढी नगरपालिका संयोजकमा सुस्मा मलासी, सायल गाउँपालिका धन बहादुर बोहरा, शिखर नगरपालिका मिना बोगटी, पुर्विचौकी गाउँपालिका पबित्रा ऐर, आदर्श गाउँपालिका बिनोद अधिकारी, केआई सिंह गाउँपालिका कृष्णा ओझा लाई चयन गरेको छ । डोटीका अन्य जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा पालिका संयोजक पहिले नै चयन भएको बास डोटी शाखाले जनाएको छ ।
लुम्बीनी प्रदेशको बाके जिल्लामा केन्द्रीय कार्यालय रहेको बासले शुसासन, पारदर्शिता र जवाफदेहीताको क्षेत्रमा लामो समय देखी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । बासले पछील्लो समयमा युवा शसक्तीकरण, महिला, बालबालिकाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु गर्नुका साथै जिल्लाका विभिन्न सवालहरुमा सरोकारवाला निकायहरुलाई खबरदारी समेत गरिरहेको छ ।
बास नेपाल डोटी शाखाका अध्यक्ष गणेश मौनीको अध्यक्षतामा भएको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति डोटीका प्रमुख, उप प्रमुख, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी,सुरक्षाकर्मि नागरिक समाज, पत्रकार बास जिल्ला शाखाका पदाधीकारी लगाएत बास संग आबद्ध ६० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला सदरमुकाम सिलगढी स्थित परिवार नियोजन संघको सभाहलमा संचालन भएको थियो ।

Shaileshwori
Loading...