सुशासन युक्त समाज निर्माण गर्नमा युवा जाग्नुको विकल्प छैन : प्रमुख सिंह

Sayalb

डोटी : जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले शुसासन युक्त समाज निमार्ण गर्न युवा पुस्ता जाग्न आवश्यक रहेको बताएका छन् ।
बास नेपाल डोटी शाखाको तेस्रो जिल्ला अबिधेशनको उद्घाटन गर्दै प्रमुख सिंहले उक्त कुरा बताएका हुन् । उनले भने अहिले समाजमा बेथिती, भ्रष्टाचार अति नै मौलाएको छ त्यसको अन्त्य गर्न युवा पुस्ता जाग्नु भन्दा अरु बिकल्प छैन् जब सम्म युवा वर्ग स्वस्फुर्त रुपमा आफै जाग्दैन, बेथितीका सवालमा आवाज उठाउदैन तबसम्म केही हुदैन् ।
युवाहरुले आफुले सिकेका सिप ब्यवहारमा कार्यान्वयन गर्नुका साथै युवा बर्गले अरुले केही देलान र खाउला भनेर त्यतीकै बस्न नहुने आफै केही गरेर खानुपर्ने समेत प्रमुख सिंहले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अथिती समेत रहेकी जिल्ला समन्वय समिति डोटीकी उपप्रमुख स्मृती चुनाराले समाजमा हुने हरेक गतिबिधीहरुमा युवा बर्गले नेतृत्व लिनुपर्ने बताईन् । डोटी जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने धेरै गैरसरकारी संस्थाहरु रहेका भएपनी सुशासनको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुको आवश्यकता रहेकोले बास नेपालले आफ्ना गतिबिधीहरुलाई निरन्तरता दिनुपर्ने समेत बताईन् ।
देशभरी शाखा, उपशाखा रहेको बास नेपालले संचालन गरेका शुसासनका अभियानहरु उदाहरणीय रुपमा देखिने गरेका गैर सरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष रधु बहादुर कठायले बताए । बास नेपाल संग आबद्ध हरेक युवाहरुले आगामी दिनमा समाजको पहरेदारको भूमिकामा उभिनुपर्ने समेत उपाध्यक्ष कठायतले बताए ।
बास नेपालले युवा वर्गको सहभागितामा विभिन्न कार्यक्रमहरु संचालन गर्दा युवाहरुमा उत्साह जोस जागरण बढ्ने गरेको युवा समिति डोटीका अध्यक्ष हेम केशीले बताए ।
डोटी जिल्लाको विभिन्न क्षेत्रमा बास नेपालले संचालन गरेका अभियानहरुले सामाजिक परिवर्तमा महत्वपूर्ण भूमिका निबार्ह गरेको गैर सरकारी संस्था महासंघ डोटीका सचिब भक्तराज उपाध्यायले बताए । बास नेपालले डोटीको गैरागाउँमा भूकम्प प्रभाबित क्षेत्रका बालबालिकाहरुको लागि न्यानो कपडा सहयोगको कामहरुको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
बास नेपाल डोटी शाखाका अध्यक्ष गणेश मौनीको अध्यक्षतामा भएको तेस्रो जिल्ला अधिबेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति डोटीका प्रमुख, उप प्रमुख, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख प्रतिनिधी,सुरक्षाकर्मि नागरिक समाज, पत्रकार बास जिल्ला शाखाका पदाधीकारी लगाएत बास संग आबद्ध ६० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला सदरमुकाम सिलगढी स्थित परिवार नियोजन संघको सभाहलमा संचालन भएको थियो ।

Shaileshwori
Bolpatra
Loading...