डोटीमा पुल हेरे वाफत कर !

डोटीमा झोलुङ्गे पुल हेरे वाफत कर तिर्नु पर्ने भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले झोलुङ्गे पुल अवलोकन गरे वाफत कर उठाउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर ५ दुधेश्वर र वडा नम्बर २ मा पर्ने कोटभैरव जोड्ने झोलुङ्गे पुल निमार्ण भएको हो । दुई पर्यटकिय तथा धार्मिक स्थल जोडेन गरी निर्माण भएको पुल दिपायल घुम्न आउने आन्तरिक पर्यटकको रोजाईमा पर्दै आएको छ । निर्माण सम्पन्न भएपछि निर्वाद रुपमा पुल अवलोकन गर्दै आएका ब्यक्तीहरुले समेत अब शुल्क तिरेर मात्रै अवलोकन गर्न पाईने भएको छ ।
पुल अवलोकन गरे वाफत शुल्क उठाउनका लागी दिपायल सिलगढी नगरपालिकाले मिति २०७९ पुष १२ गते दोस्रो पटक सूचना प्रकाशन गरेको छ । प्रत्येक महिना कम्तीमा पाँच हजार दिनेगरी बढाबढमा प्रतिश्पर्धा हुनेगरी नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।

Sayalb
दिपायल सिलगढी नगरपालिकाद्धारा प्रकाशित सूचना

द्धारीखोला माथि ७० मिटर उचाइ र २ सय मिटर लामो झोलुङ्गे पुलबाट दृश्यावलोकन गरी टिकटक, भिडियो तथा फोटो खिच्दै आएका पर्यटकहरूले शुल्क तिर्नु पर्नेछ । २०७८ असारमा सम्झौता भएको यो पुल देव भूमि कन्स्ट्रक्सन निमार्ण सेवाले २०७९ असोजमा सम्पन्न गरेको हो ।

Shaileshwori
Loading...