रामपुर नमुना माद्यामिक विद्यालय तिन तारे घोषणा

Sayalb

सिलगढी : डोटीको जोरायल गाउँपालिकामा रहेको रामपुरर नमुना माद्यामिक विद्यालय बुडर डोटीलाई तिन तारे विद्यालय घोषण गरिएको छ । विद्यालयले आवश्यक मापदण्ड पुरा गरेकाले बुधवार एक कार्यक्रमका बिच तिन तारे विद्यालय घोषणा गरिएको हो ।
कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले विद्यालयका भौतिक संरचनाहरू गुणस्तरीय रहेको बताउनुभयो । विद्यालय तिन तारे घोषणा हुनु डोटीका लागि उदाहरणीय रहेको समेत बताउनुभयो । विद्यालयका प्रधानाध्यापक पदमराज भट्टले विद्यालयलाई तिन तारे बनाउन सहयोग गर्ने सबैलाई सम्झँदै धन्यवाद दिनुभयो ।
रामपुर नमुना माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष प्रमुख अतिथि रहनुभएको थियो ।

Shaileshwori
Loading...