छिडिखान बजार सरसफाइ

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ मा रहेको छिडिखान बजार सरसफाइ गरिएको छ । वडा अध्यक्ष खेम घर्तिमगरको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, आरसिडिसी का कर्मचारी र स्थानीय व्यापारीको एक संयुक्त टोलीले बिहिवार बजार सरसफाइ  गरेको हो ।

Sayalb

बजार सरसफाइ गर्नुका साथै बजार क्षेत्रमा फोहर व्यवस्थापन गर्नको लागि खाडल पनि खनिएका छन् । वडा अध्यक्ष घर्तिमगरका अनुसार अब देखी हरेक महिनाको २ गते बजार सरसफाइ गरिने भएको छ । बजार स्वच्छ र सफा राख्नको लागि आवश्यक डस्टविन राखिने भएका छन् ।

हरेक महिनामा वडाका क्षेत्रमा गरिने सरसफार्ईका कार्यक्रममा अनुपस्थित हुने व्यक्तिलाई रु पाँच सय जरिवाना गरिने वडा अध्यक्ष घर्तिमगरले बताउनुभयो ।

Shaileshwori
Loading...