बालबिवाह न्यूनिकरण सम्बन्धी सरोकारवाला बिच अन्तरक्रिया

Sayalb

गणेश मौनी, डोटी
डोटीको आदर्श गाउँपालिका वडा नम्बर ७ दहकालिकास्थानमा बालबिबाह न्यूनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
समान पहुच बिकास केन्द्र डोटीले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडा नम्बर ७ मा बाल बिबाहको अवस्था बालबिबाह हुनुका कारण समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका आदर्श गाउँपालिकाका अध्यक्ष गणेश बहादुर खड्काले वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गर्न विभिन्न सुचकहरुमध्य बाल बिबाह पनि एक भएकोले बालबिबाह न्यूनिकरण गर्न यसका उपायहरुको बारेमा आफुले सिकेका कुरा सबैले ब्यवहारमा कार्यान्वयन गरि घर घरबाट सबैलाई सचेतना फैलाउन आवश्यक रहेको बताए ।
आदर्श गाउँपालिकाको वडा नम्बर ७ डोटी जिल्लाको पहिलो वडाको रुपमा बाल मैत्री वडा स्थापीत गर्न घोषणा गर्नुपर्ने बताए । बाल मैत्री वडा घोषणा गर्न पुरा नभएका आवश्यक सुचकहरुको बारेमा वडा, पालिका र सहयोगि निकाए बसेर कार्ययोजनाका साथ अघाडी बढ्ने समेत बताए । बालबिबाह न्यूनिकरण तथा बालबालिका सम्बन्धीका सवालहरुमा पालिकाले बजेटको ब्यवस्थापन गरिएको समेत अध्यक्ष खड्काले बताए ।
बालबिबाहलाई न्यूनिकरण गर्न बालबिबाह गर्नु र गराउनु हुदैन भनेर आफैबाट परिवर्तन भई सुरुवात गर्नुपर्ने आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि रोकायाले बताईन् । उनले भनीन् बालबिबाहलाई न्यूनिकरण गर्न बालबालिकाहरु स्वयंम सचेत हुनुका साथै अभिभावकहरु पनी सचेत हुन आवश्यक रहेको बताईन् ।
चालु आर्थिक वर्ष भित्र आदर्श गाउँपालिकाको वडा नम्बर ७ लाई बालमैत्री वडा घोषणा गर्नका लागि वडा र पालिकासंगको साझेदारीमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका समान पहुच बिकास केन्द्र डोटीका एकिकृत बालसंरक्षण तथा स्पोन्सरसिप परियोजना संयोजक सुनील जोशीले बताए ।
डोटीको आर्दश गाउँपालिका, सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा बालबालिका संग सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका समान पहुच बिकास केन्द्रकी एकिकृत बालसंरक्षण तथा स्पोन्सरसिप परियोजना बाल संरक्षण अधिकृत दिपीका बोहराले बताईन् । परियोजना अन्तरगत वडा, पालिका, टोल स्तरीय समिति गठन गर्ने, बाल अधिकार सम्बन्धी कार्य बिधी निमार्ण गर्ने, आकस्मीक बालकोषको स्थापना गर्ने, बालबालिकाहरुलाई बाल अधिकार सम्बन्धी जिवन उपयोगि तालिमहरु संचालन गर्दै आईरहेको समेत बाल अधिकृत बोहराले बताईन् ।
अन्तरक्रिया कार्यक्रममा वडा अन्र्तरगत बालबिबाहको अवस्था, बालबिबाह हुनुका कारण बालबिबाह न्यूनिकरण गर्न अपनाउनु पर्ने उपायहरुको बारेमा छलफल हुनुका साथै वडा लाई बालमैत्री वडा घोषणा गर्न सेवा प्रवाह र संस्थागत सुचकहरुको बारेमा छलफल समेत गरिएको थियो । छलफलबाट वडा अन्तरगत रहेका सबै टोलहरुमा १४ देखि २० उमेर समुहका बालबालिकाहरुलाई समेटेर समुह गठन गर्ने निर्णय समेत भएको छ ।
वडा नम्बर ७ का वडा अध्यक्ष लाल बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सरोकारवाला निकाय, बालबालिका, अभिभावक, पत्रकार लगाएको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार गणेश मौनीले गरेका थिए ।

Shaileshwori
Loading...