प्रविधिसँग जोडिँदै जिल्ला अस्पताल डोटी,  सुरु भयो टिकट टोकन प्रणाली

डोटी : जिल्ला अस्पताल डोटीले अस्पतालबाट प्रदान हुने सेवाहरूलाई सहज बनाउन विभिन्न प्रविधिको प्रयोग गर्दै लगिरहेको छ । अस्पतालले टिकट टोकन प्रणालीको सुरुवात गरेको छ । अस्पतालमा टिकट टोकन प्रणालीको सुरुवात भएपछि सेवाग्राहीलाई सहज भएको छ । टिकट काउन्टरमा नाम दर्ता गरिसकेपछि सेवाग्राहीले ओ.पी.डी.मा डाक्टर भेट्न मेसिनबाट टोकन लिनु पर्छ । टोकन प्रणालीले गर्दा सेवा लिन सहज भएको सेवाग्राही पुर्विचौकी गाउँपालिका ४ का स्थानीय दीर्घ सिंह खड्काले बताउनुभयो ।
यो प्रणालीको सुरुवात हुनुभन्दा पहिला सेवाग्राहीले सेवा लिन लामो समय लाइनमा बस्नु पर्थ्यो । त्यति बेला पालो मिचिने गरेको गुनासो आउने गर्थ्यो । हाल डाक्टरले सेवाग्राहीलाई क्याबिन बाटै मेसिनको माध्यमबाट बोलाउँछन् । लाइनमा नबसे पालो नपाइने परम्पराको अन्त्य भएको एक सेवाग्राही आदर्श गाउँपालिकाकी सरस्वती खड्का पछेराले बताउनुभयो । युग  नै प्रविधिमय बन्दै गरेको बेला अस्पताल प्रविधिसँग जोडिनु राम्रो भएको सेवाग्राही सन्तोष नेपालीको भनाइ छ ।
Sayalb
टोकन प्रणालीले गर्दा लामो समय लाइनमा उभिनु पर्ने समस्या समेत हटेको छ । अस्पतालको ओ.पी.डी.मा स्वास्थ्य जँचाउन आउने सेवाग्राहीहरूलाई मध्यनजर गर्दै अस्पतालले मेसिनबाटै टोकन लिन मिल्ने व्यवस्था गरेको अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष धन बहादुर नेपालीले बताउनुभयो । अस्पतालबाट प्रवाह हुने सेवालाई थप सहज र केही नयाँ सेवा सञ्चालन गर्ने हर सम्भव प्रयास गरिरहेको अध्यक्ष नेपालीले बताउनुभयो ।
अस्पतालमा दैनिक एक सय देखी एक सय ५० जना सम्म बिरामी अस्पतालमा आउने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सेवाग्राहीको सङ्ख्यामा समेत वृद्धि भएको छ । अस्पताल प्रशासनका अनुसार अघिल्लो वर्ष एक दिनमा ५० देखी ७० जना सम्म आउने गर्दथे ।
पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण फैलिदा अक्सिजनको  ठुलो अभाव खेपेको अस्पतालले आजभोलि भने अस्पतालमै आफ्नै अक्सिजन प्लान्ट जडान गरिएको छ । हाल अस्पतालमा तीन जना एमडी र छ जना एमबिबिएस  गरेर  नौ जना डाक्टरले सेवा दिइरहेका छन् । प्रदेश सरकारको लगानीमा अस्पतालमा दुई ओटा नयाँ संरचना पनि निर्माण भइरहेका छन् ।
Shaileshwori
Loading...