बागठाटामा निर्माण गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन 

डोटी : दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ बागठाटामा निर्माण गरिएको सामुदायिक शिशु स्याहार केन्द्रको नगर प्रमुख बाजी सिंह खड्काले उद्घाटन गर्नुभएको छ । सम विकास केन्द्र नेपाल र एक्सनएड नेपालको सहयोगमा सञ्चालित द महिला नेटवर्क परियोजना अन्तर्गत दिपायल सिलगढी नगरपालिका तथा ५ नम्बर वडा कार्यालय, महेन्द्र आधारभूत विद्यालय र किरण महिला समूहको सहकार्यमा निर्माण गरिएको स्याहार केन्द्रको शुक्रवार एक समारोहका बिच उद्घाटन गरिएको हो ।
 
Sayalb
महिलाहरूको कार्य बोझ कम गर्नुका साथ उनीहरूले बच्चाहरूलाई दिनुपर्ने समयको सदुपयोग गरुन् भन्ने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो । महिलाहरूले बच्चालाई स्याहार केन्द्रमा राखेर आफ्नो काम गर्न सक्नेछन् ।
शिशु स्याहार केन्द्रको उद्घाटन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्का, वडा अध्यक्ष, पूर्व वडा अध्यक्ष, संस्थाका प्रतिनिधि तथा कर्मचारी लगायत स्थानीयको सहभागिता रहेको थियो ।
Shaileshwori
Bolpatra
Loading...