अध्यक्ष उपाध्यायले भेटे प्रधानमन्त्री प्रचण्डलाई 

Sayalb
डोटी : डोटीको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष राम प्रसाद उपाध्यायले प्रधानमन्त्री पुष्पकमल दाहाल ’’प्रचण्ड“ सँग भेट गर्नुभएको छ । शुक्रवार अध्यक्ष उपाध्यायले प्रधानमन्त्री प्रचण्डलाई भेट्दै गत कार्तिक २३ गते बिहान गएको भूकम्पबाट गाउँपालिकामा भएको क्षतिको बारेमा जानकारी गराउनुभयो  । भेटमा भूकम्पका कारण हुन गएको मानवीय र भौतिक क्षतिका बारेमा जानकारी गराउँदै तत्काल राहत तथा पुनर्स्थापना कार्यलाई छिटो, सहज र प्रभावकारी तवरले अगाडि बढाई सहयोग गरिदिन आग्रह गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।
भूकम्पले घर भत्काउँदा च्यापिएर पुर्विचौकी गाउँपालिका वडा नम्बर ३ गैरागाँउका ६ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए । पुर्विचौकी गाउँपालिकाका एक हजार ५० घरमा पूर्ण क्षति भएको छ । हाल उप–सचिव धुव्र बहादुर खड्का नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक टोलीले क्षतिग्रस्त स्थलको अवलोकन तथा सर्वेक्षण गरिरहेको छ ।
Shaileshwori
Loading...