Before Header
After Navigation

सुन्दर परिकल्पनाको संसार विद्यार्थी हुन् : प्रमुख खड्का 

विक्रम खड्का, डोटी
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ’विजय’ले सबैको सुन्दर परिकल्पनाको संसार विद्यार्थी  भएको बताउनुभएको छ । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा अवस्थित श्री तेडि माध्यमिक विद्यालयले आयोजन गरेको पढाइ मेला कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।  समाज र राष्ट्रको भलो चिताइ समाजलाई सुन्दर बनाउन  शिक्षामा लगानी गर्नुपर्ने कुरामा जोड दिँदै प्रमुख खड्काले बालबालिकालाई उत्कृष्ट शिक्षा प्रदान गर्नमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
यहाँ सामुदायिक विद्यालयमा राम्रो शिक्षा हाँसिला गरेका शिक्षकहरू छन् उहाँले भन्नुभयो, तपाईँहरू जागरूक नहुन्जेल शिक्षामा गुणस्तरीयता आउँदैन, आफूसँग भएको सम्पूर्ण विवेक प्रयोग गरेर सम्पूर्ण बालबालिकालाई शिक्षा लिन प्रेरित गर्नु होस् ।” विद्यालयमा आवश्यक भौतिक संरचना र अन्य कुराहरूलाई विभिन्न कार्यक्रम बाट अगाडी बढाउने समेत प्रमुख खड्काले प्रतिबद्धता व्यक्त गर्नुभयो । पढाइ मेला वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीबाट सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत आयोजना गरिएको हो ।

Sagan sahari bhawan nirman aayojana

 
विद्यार्थीको शैक्षिक अवस्था बढाउनका साथ–साथै अतिरिक्त क्रियाकलापमा उत्प्रेरणा मिलोस् भनेर पढाइ मेला कार्यक्रम सञ्चालन गरेको सिडिसीका फिल्ड अधिकृत शिद्दराज जोशीले बताउनुभयो । तेडी माद्यामिक विद्यालय कलेनाका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई आन्तरिक पढाई प्रतिस्पर्धा गरेर प्रथम, दृतिय र तृतीय हुनेलाई पुरस्कार स्वरूप शैक्षिक सामग्री वितरण गरेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा दिपायल सिलगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद इकाई शाखा प्रमुख लक्ष्मीराज ओझा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...