पत्रकार कठायत र ऐरद्वारा ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग

डोटी : नेपाल प्रेस युनियनका प्रदेश पार्षश द्वय चक्र सीँ कठायत र दान सीँ ऐरले ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गर्न लागेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापना र जग्गा खरिदकाका लागि शुक्रवार रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा प्राविधिक अधिकृतका रूपमा कार्यरत कठायतले ६ हजार १ सय २५ रुपैंया र ऐरले पनि ६ हजार १ सय २५ रुपैंया सहयोग गरेका हुन् ।
Sayalb
 नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गीय तेजबहादुर खड्का (तेजु) को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गर्न लागेको हो । कोषका लागि विभिन्न पत्रकार तथा राजनीतिज्ञहरूले जन्मोत्सवका लगायतका अवसरमा सहयोग गर्दै आएका छन् ।
हाल सम्म कोष स्थापनाका लागि दुई लाख बिस हजार रकम सङ्कलन भएको शाखाका कोषाध्यक्ष चक्र मल्लले जानकारी दिए । प्रेस युनियनले स्वर्गीय पत्रकार खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
Shaileshwori
Loading...