लगनशील सहकारीको १० औँ साधारणसभा सम्पन्न

Sayalb

डोटी : लगनशील महिला सानाकिसान सहकारीको दशाैँ साधारणसभा सम्पन्न भएकाे छ । डाेटीकाे सायल गाउँपालिकामा रहेको सहकारीको साधारण सभा पालिका अध्यक्ष धर्म राज जाेशीको प्रमुख आतिथ्यततामा सम्पन्न भएको हो । गाउँपालिका उपाध्यक्ष निर्मला ओलि, वडा नम्बर ५ का अध्यक्ष बहादुर साउद लगायतको उपस्थिति रहेको साधारणसभाको अध्यक्षता सृजना डुम्रेलले गर्नु भएको थियो ।
९ वर्ष अघि २५ जना महिलाले स्थापना गरेको सहकारीमा हाल १ हजार महिला सदस्य छन् । २ करोड १५ लाख पुँजी रहेको सहकारीले गाउँपालिका भित्र ३५ वटा कृषि समुह गठन गरेको सहकारीकि अध्यक्ष सृजना डुम्रेलले बताउनुभयो । ती समुहलाई वित्तीय साक्षरता कक्षा तथा विभिन्न तालिम दिने गरेको पनि उहाँले बताउनुभयो । सहकारीले ५ वटा खानेपानी योजना तथा पाेलि हाउस निर्माण गर्नुका साथै बाख्रा समेत वितरण गरेको थियो ।
सहकारीले गाउँपालिकामा राम्रो काम गरिरहेको भन्दै कार्यक्रमका प्रमुख अतिथि तथा सायल गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले प्रशंसा गर्नुभयो । उहाँले अझै राम्रो गर्न अनुरोध गर्दै गाउँपालिका सधैंभरि साथमा रहने बताउनुभयो ।

Shaileshwori
Loading...