३ महिने सिलाई कटाई तालिम सम्पन्न

सुवास नेपाली, डोटी 
नेपाली सेना व्यावसायिक तालिम केन्द्रद्वारा आयोजना गरिएको ३ महिने सिलाई कटाई तालिम (लेबल १) सम्पन्न भएको छ। डोटी जिल्लामा बसोबास गर्ने सैनिक हिताधिकारी परिवारका २० जना महिलाहरूको सहभागिता रहेको उक्त तालिम कार्यक्रममा दक्ष प्रशिक्षकहरू द्वारा डोटीको राजपुरमा तालिम प्रदान गरिएको हो।
Sayalb
तालिम कार्यक्रमको समापन गर्दै श्री नम्बर ५ बाहिनी श्रीमती सल्लाहकार कृष्णा शाहले महिलाहरूलाई समय अनुसार आफ्नो रुचि र चाहना अनुसार सीपमूलक तालिम दिई सैनिक सेवामा आबद्ध रहेका परिवारका महिलाहरूलाई आयआर्जन सँग जोडी आर्थिक रूपमा स्वावलम्बन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । हासिल गरेको सिपलाई प्रयोग ल्याउन पनि प्रशिक्षार्थीहरूलाई उहाँले आग्रह गर्नुभयो ।
तालिम पाएपछि आफूहरूमा व्यावसायिक बन्न थप हौसला प्रदान भएको भन्दै खुसी व्यक्त गरेका थिए। नेपाली सेनाले सैनिक हिताधिकारी परिवारलाई लक्षित गरी सिलाई कटाई, अचार बनाउने, ब्यूटीसियन,  जस्ता विभिन्न  सिपमूलक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।
Shaileshwori
Loading...