

गणेश मौनी, डोटी
डोटीमा शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले नेपाल रेडक्रस सोसाईटी डोटीसँगको समन्वयमा आईतबार भूकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।
दिपायल सिलगढी नगरपालिका-४ पीपल्ला बजारमा रहेको अमर ज्योती इङलिस बोर्डिङ स्कुलमा नेपाल रेडक्रस सोसाईटी डोटी शाखाको समन्वयमा भूकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रहरी नायब उपरिक्षक देबेन्द्र बहादुर सिंहले बताए । उनले भने आगामी माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्पबाट कसरी सुरक्षित रहन सकिन्छ, भूकम्प गएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा विद्यार्थी, समुदायलाई जानकारी गराउन कृतिम घटना अभ्यास गरिएको बताए ।
भूकम्पमा अपनाउनुपर्ने पूर्वतयारी, खोज, उद्दार, प्राथमिक उपचार तथा स्थानिय स्रोत साधनको प्रयोग सम्वन्धमा शिक्षक विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरका प्रहरी उपरिक्षक बिर सिंह शाहुले बताए ।
भूकम्प आएपछि खोज र उद्धार, पुनर्स्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु–याउने उपायहरुको बारेमा जानकारी गराउन कृतिम घटना अभ्यास महत्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका सामुदायीक प्रशिक्षक कर्ण बहादर साउदँले बताए । उनले भने बिपदको समयमा समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका साथै प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने सम्भावना रहन्छ ।
बिपद् जुनसुकै समयमा पनि आउने भएकाले बिपद्का घटनाबाट क्षति कम गर्न विभिन्न प्रकारका कृतिम घटना अभ्यासहरु गर्न आवश्यक रहेको अमर ज्योति इङलिस बोर्डिङ स्कुलका सञ्चालक धन बहादुर शाहीले बताए । उनले भने आज मेरो विद्यालयमा आएर कृतिम घटना अभ्यास गर्दा धेरै बालबालिकाहरुलाई भूकम्पबाट कसरी सुरक्षीत रहन सकिन्छ भन्ने विषयमा जानकारी भएको छ उनिहरुले आफ्ना अभिभावकहरुलाई जानकारी गराई आफुपनि सचेत रहने बताए ।
कृतीम घटना अभ्यासमा भूकम्प गएपछीको अवस्था र भूकम्प गए पश्चात गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको अभ्यास गरिएको थियो । प्रक्रीया अनुसार सुरुवात देखि अन्तिम सम्म गरिएका विभिन्न चरणहरु हेर्दा साच्चीकै भूकम्प गएको जस्तो आभाष भएको कृतिम घटना अभ्यासमा सहभागि स्थानियहरुले बताए ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले आईतबार सोही विद्यालयमा बिपद जोखिम न्यूनिकरण सम्बन्धी विद्यार्थीलाई जानकारी समेत गराएको छ । कृतिम घटना अभ्यास कार्यक्रममा शिक्षक, विद्यार्थी, स्थानीय लगायतको सहभागिता रहेको थियो।
