नेपाली सेनाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

सुबास नेपाली, डोटी 

डोटीको शिखर नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिलगढी स्थित श्री भैरब प्रसाद गणको आयोजना तथा श्री सैनिक श्रीमती संघ, श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला अस्पताल डोटी, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला डिभिजन वन कार्यालय, कृर्षी ज्ञान केन्द्र, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटीको सहकार्यमा शिखर नगरपालिका वडा नं. ११ बारपाटा (पड्खाली मन्दिर परिसर)मा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

बारपाटमा सहजै सडकको पहुँच नभएको र आर्थिक स्थित कमजोर भएका स्थानियहरुलाई मध्यनजर गर्दै उक्त शिविर संचालन गरिएको प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो।

स्वास्थ्य शिविरबाट ७८ जना पुरु, एक सय ४७ जना महिला र १७ जना बालबालिका गरि जम्मा दुई सय ४२ जनाले सेवा लिएका छन । उनीहरूलाई निःशुल्क ‌औषधी समेत वितरण गरिएको भैरव प्रसाद गणका गणपति कार्किले जानकारी दिनुभयो ।

Sayalb

यसरि घर आगनमा स्वास्थ्य तथा अन्य सुबिधा पाए पछि स्थानीय खुसी भएका छन् । स्वास्थ्य शिविरमा रुघा, खोकी, ज्वरो, पेटको अल्सर, हतखुट्टा तथा जोर्नी, बल्ड प्रेशर, सुगर र महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरुबारे समेत चेकजाच गरिएको थियो।

उक्त मेडिकल क्याम्पको दौरान श्री भैरब प्रसाद गणबाट स्थानिय कला संस्कृति झल्किने छलिया नृत्य, बिभिन्न जनचेतना मुलक नाटक प्रस्तुत गरिएको थियो ।

त्यसै गरी सोही कार्यक्रममा श्री सैनिक श्रीमती संघ, नं. ५ बाहिनी अड्डा सल्लाहकार श्रीमती कृष्णा शाहले जिल्ला डिभिजन वन कार्यालय डोटी र कृर्षी ज्ञान केन्द्रबाट प्राप्त भौगोलिक अवस्था सुहाउदो काक्रो, फर्सि, साग लगायत अन्य प्रजातिका विउ र फुलफुलका बोट बिरुवा स्थानिय बासिन्दाहरुलाई बितरण गर्नु भएको थियो।

मेडिकल क्याम्पमा श्री नं. ५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री दिपेश जंग शाह, श्री सैनिक श्रीमतीसंघ, ५ बाहिनी सल्लाहकार श्रीमती कृष्णा शाह, श्री भैरब प्रसाद गणका गणपति प्रमुख सेनानी श्री जनमत बहादुर कार्की, शिखर नगरपालिकाका प्रतिनिधि, शिखर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष, जिल्ला डिभिजन वन कार्यालयका प्रतिनिधि, कृर्षी ज्ञान केन्द्रका प्रतिनिधि, नेपाल परिवार नियोजन शाखा कार्यालय डोटीका प्रमुख तथा प्रतिनिधि, पत्रकार, भद्र भलादिमी, अन्य सर्वसाधारणको उपस्थिती रहेको थियो ।

Shaileshwori
Bolpatra
Loading...