पुर्विचौकीका एक सय ३५ भूकम्प प्रभावित परिवारलाई न्यानो लुगा वितरण 

डोटी : डोटीको पुर्विचौकी गाउँपालिकाका एक सय ३५ भूकम्प प्रभावित घर परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । पुर्विचौकी गाउँपालिकाको समन्वयमा केयर नेपाल, सम विकास केन्द्र र निड्स नेपालद्वारा भौचर मार्फत न्यानो लुगा वितरण गरिएको हो । चिसोबाट बच्न केही सहज होस् भन्ने उद्देश्यले प्रति परिवार ८ हजार तीन सय रुपैयाँ बराबरका न्यानो कपडा भूकम्प प्रभावितहरूलाई वितरण गरिएको सम विकास केन्द्रका सम्पर्क व्यक्ति केशव परियारले जानकारी दिनुभयो ।
पुस २४ गतेदेखि आज (२६ गते) सम्म पिपल्ला बजारमा ८ हजार तीन सयको भौचर वितरण गरिएको र उनीहरूले आवश्यकता अनुसारको न्यानो लुगा खरिद गरेको परियारले बताउनुभयो ।  वितरण स्थलमा लाभग्राहीको गुनासो सङ्कलन, सुझाव सङ्कलन, प्रतिक्रिया तथा पृष्ठपोषणका लागि गुनासो डेस्कको व्यवस्थाको साथै पारदर्शिता सूचना बोर्डको व्यवस्था समेत गरिएको थियो । हाल पुर्विचौकी गाउँपालिकाका भूकम्प प्रभावितलाई न्यानो लुगा वितरण गरिएको र बिस्तारै यो कार्यक्रमलाई थप विस्तार गरिने सिडिसीले जनाएको छ ।
Sayalb
  
Shaileshwori
Loading...