Before Header
After Navigation

मान्नाकापडीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर 

गणेश मौनी 
पुस २७, डोटी 
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर बुधवार सम्पन्न भएको छ ।
Sagan sahari bhawan nirman aayojana
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र डोटीले बडीकेदार गाउँपालिका पशु सेवा शाखा सँगको सहकार्यमा आयोजना गरेको निःशुल्क पशु स्वास्थ्य शिविरमा ९४ जना सेवाग्राहीले सेवा लिएको बडीकदार गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक तारा सिंह पातली बताएका छन् ।
पालिका र वडा बाट प्राविधिक सेवा टाढा भएको सेवा ग्राहीहरूलाई घरदैलोमा सहज रूपमा सेवा पाउन भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीका भेडनरी अधिकृत हरि सिंह भण्डारी बताए । पशुपंक्षिमा रहेको आन्तरिक तथा बाह्य परिजिबीहरुको रोकथामका लागि केही पशुपक्षीहरूलाई प्रत्यक्ष रूपमा चेकजाँच गर्नुका साथै ५ सय ३० पशुपंक्षिहरुका लागि लक्षणको आधारमा औषधी वितरण गरिएको समेत अधिकृत भण्डारीले बताए । शिविरमा पशुपक्षीमा जुम्रा र जुकाका समस्या बढी रहेको समेत आयोजकले बताएको छ ।
शिविरमा सेती प्राविधिक शिक्षालयका पशु विज्ञ भेडनरी डाक्टर हरिस बुढाले लगाएको प्राविधिक टिम रहेको थियो । जोरायल गाउँपालिकाको सहकार्यमा निःशुल्क पशु स्वास्थ्य शिविर बिहीबार जोरायल गाउँपालिका वडा नम्बर ६ खसरेमा हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्र डोटीले जनाएको छ ।
Shaileshwori
Loading...