
गणेश मौनी, डोटी
आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरू पौष ३० गते शनिवार सार्वजनिक बिदाको दिन पनि खुल्ला रहने भएका छन् । विभागले एक सूचना जारी गर्दै पौष महिनामा आयकरको ४० प्रतिशत किस्ता दाखिला हुने र आय विवरणको म्याद थप भई आय विवरण तथा रकम जम्मा गर्न सकिने सेवा ग्राहीलाई जानकारी गराएको थियो ।

सोही अनुरूप राजस्व सङ्कलन गर्ने अन्तिम दिन २०७९ साल पौष ३० गते शनिवार सार्वजनिक बिदा परेकोले उक्त दिन राजस्व सङ्कलन गर्ने बैङ्क शाखा तथा काउन्टरहरू सँग समन्वय गरी आन्तरिक राजस्व विभाग मातहतका देशभरका ठुला करदाता , मध्यम स्तरीय करदाता, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरू खुल्ला रहने भएकोले राजस्व बुझाउन छुटेका सेवाग्राहीहरूलाई राजस्व बुझाउने व्यवस्था मिलाएको सूचनामा उल्लेख गरेको छ ।

