बाल संरक्षण तथा आत्मरक्षा सीप सम्बन्धि तालिम सुरु

Sayalb

गणेश मौनी
पुस २९ डोटी
वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुच बिकास केन्द्र डोटीले पाचँ दिने बाल संरक्षण तथा आत्मरक्षा सीप सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार देखी सिलगढीमा सुरु गरेको छ ।
समान पहुच बिकास केन्द्र डोटीका अध्यक्ष यज्ञराज जोशीले एक कार्यक्रमका बिच तालिमको उद्घाटन गर्दै तालिमलाई प्रभावकारी र उपलब्धीमुलक बनाउनु पर्ने बताए । तालिमका सहभागिहरुलाई उद्घोष गर्दै अध्यक्ष जोशीले तालिममा सिकेका कुराहरु कार्यक्षेत्रमा गएर ब्यवहारमा कार्यान्वय गर्नुपर्ने समेत बताएका थिए ।
सिड नेपाल द्धारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्र्तगत तालिमको आयोजना गरेको परियोजना संयोजक सुनिल जोशीले बताए ।उनले भने तालिममा रुपान्तरण मोडेलका आधारमा बाल संरक्षण र आत्मारक्षा सम्बन्धी विभिद विषय बस्तुहरुको बारेमा जानकारी गराईने समेत बताए ।
तालिममा आर्दश गाउँपालिका अन्र्तगत रहेका साथी शिक्षकहरु सहभागि रहेका छन् जसमा १२ जना दर्ता भएका आर सि बालबालिकाहरु समेत रहेका छन् । तालिम माघ ३ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

Shaileshwori
Loading...