६८ यात्रु बोकेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

काठमाडौँ : प्रहरीले यति एयरलाइन्सको जहाजमा ६८ जना यात्रु सवार रहेको जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले ७२ सिट क्षमताको एएनसी एटीआर ७२ जहाजमा ६८ जना यात्रु रहेको जनाएको हो । यस्तै चालकदलका ४ सदस्य पनि विमानमा थिए ।

Sayalb

काठमाडौंबाट पोखरा उडेको जहाज आइतबार बिहान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।  क्याप्टेन कमल केसीले उडाएको जहाज दुर्घटनापछि आगलागी भएको छ । अहिले घटनास्थलमा उद्धारकर्मीहरु पुगेका छन् ।

Shaileshwori
Loading...