दुर्घटनाग्रस्त जहाजमा ७२ जना सवार रहेको पुष्टि

यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए ।

१०ः३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो।  एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ ।

Sayalb

सो जहाज पुरानो विमानस्थलमा अवतरण हुने भयो भन्ने अड्कल गर्दा गर्दै जहाज सेतीको खोचमा खस्यो र आगोको मुस्लो दृखियो, प्रत्यक्षदर्शी पोरखराका पत्रकार गोविन्द सुवेदीले भन्नुभयो । आगो लागेको थाहा पाउने वित्तिकै अहिले उद्धारका लागि सबै निकायको पहल भइरहेको छ ।

केही शवलाई बाहिर ल्याएको छ, घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन् । । जहाजमा १० विदेश नागरिक, ४ चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।

Shaileshwori
Loading...