नव बिहानीको अध्यक्षमा पुनः बलायर

Sayalb

गणेश मौनी
माध ८ डोटी
डोटीको केआई सिंह गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको नब बिहानी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुःन अर्जुन बलायर सर्ब सम्मत चयन भएका छन् । शनिबार संस्थाको १२ औं साधारण सभा पश्चात छलफलबाट अध्यक्षमा बलायर सर्बसम्मत चयन भएका हुन ।
अन्य पदहरुमा उपाध्यक्षमा चेतराज जोशी, सचिबमा दिप बहादुर बलायर, कोषाध्यक्षमा कलावती भण्डारी चयन भएका छन् । त्यस्तै गरि अन्य सदस्यहरुमा देब बेलाल, शान्त बलायर, बिमला खड्का, गिता भट्ट र अमर बिष्ठ सर्बसम्मत रुपमा चयन भएको सहकारीले जनाएको छ ।
आज भन्दा १२ वर्ष पहिले २९ जना शेयर सदस्यसहित १ लाख ४५ हजार लगानीमा सुरुवात गरेको सहकारी संस्थामा हाल ७ सय ७५ जना शेयर सदस्यहरु रहेका छन् । सहकारी संस्थाको कुल कारोबार पुजी १ करोड ९० लाख रहेको संस्थाले जनाएको छ । नयाँ चयन भएको समितीको कार्यकाल तिन बर्षको रहनेछ ।

Shaileshwori
Loading...