भूकम्पमा परि बाजुरामा एक महिलाको मृत्यु, तिन जना घाइते

बाजुरा : मङ्गलवार गएको भूकम्पमा परि बाजुराका एक जना महिलाको मृत्यु भएको छ । भूकम्पमा परि जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर २ की ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पका कारण खसेको हिउँ पहिरो सँगै आएको ढुङ्गा लागेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस्तै गौमुल गाउँपालिकाका तीन जना घाइते भएको जनाइएको छ । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण बाजुराका रामदल बोहराका ४० भन्दा बढी भेडा मरेका स्थानीयले जानकारी दिएका छन् । भूकम्पको धक्का डोटीसहित सुदूरपश्चिमका धेरै जिल्लामा महसुस भएको थियो । भूकम्पले केही घरमा क्षति गरेको छ । यसबारेमा थप विवरण भने आउँन बाँकी रहेको छ ।
Sayalb
गत कात्तिक २२ गते बिहान खप्तड केन्द्र बिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो ।
Shaileshwori
Loading...