मोहन ठकुल्ला, डोटी
डोटीको सिलगढीमा रहेको बाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ । मङ्गलवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले बाल मन्दिर विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेको हो ।
५४ जना छात्र र ९४ छात्रा गरी १४८ जना विद्यार्थीलाई पोसाक वितरण गरेको वडाले जानकारी दिएको छ । पछिल्लो समय वडाले शिक्षा क्षेत्रमा गरिरहेको कार्य राम्रो भएको बताउँदै बालबालिकालाई पढाइ प्रति आकर्षित गराउनमा यस्ता कार्यले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । वडाको शैक्षिक क्षेत्रको सुधारको लागि सक्दो प्रयास गर्ने वडा अध्यक्ष नरेश मलासीले बताउनुभयो । वडालाई पूर्ण बालश्रम मुक्त घोषणा गर्नु आफ्नो पहिलो प्राथमिक रहेको उहाँको भनाई छ ।