स्थानिय तहमा संचालित पकेट विकास कार्यक्रमको अर्धवार्षिक प्रगति समिक्षा

डोटी : डोटीमा स्थानिय तहमा संचालित पकेट विकास कार्यक्रमको अर्धवार्षिक प्रगति समिक्षा तथा रिपोटिङ्ग गोष्ठि सम्पन्न भएको छ । सनिवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराको आयोजनामा कृषि ज्ञान केन्द्र डोटीको तालिम हल सिलगढीमा गोष्ठि सम्पन्न भएको हो ।

गोष्ठिमा जिल्लाका नौ वटै पालिकाका पशु तथा कृषी शाखाका प्रमुखहरुले अहिले सम्म योजनामा भए गरेका कार्य, प्रगती र समस्याको बारेमा जानकारी गराएका थिए । कृषि पेसामा लागेका कृषकहरुको प्रमुख समस्या बजारीकरण र भण्डारण रहेको छ । उनीहरुले उत्पादन गरेको बस्तुले बजार पाउँदैनन् त्यसमाथि जिल्लामा भण्डारणको उचित व्यवस्था नहुँदा सुन्तला जातका फलफुल, आलुु, मसलामा अदुवा, बेसार लगायतका वस्तु कम मुल्यमा बिक्री गर्नु परेको छ । गाई, भैँसी पालन गरेमा दुँध बिक्री नहुने यहाँको समस्या रहेको छ ।

Sayalb

कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषी ज्ञान केन्द्र डोटीबाट भएका कार्य प्रगतीको बारेमा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार डडोटी जिल्लामा खेतियोग्य जमिन २२ हजार २ सय ७६ हेक्टर छ भने २५ हजार पाँच सय हेक्टरमा खेति हुँदै आएको छ । जिल्लाको जम्मा जनसंख्याको ८१ प्रतिसत कृषिमा आधारीत छ ।

कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख लक्ष्मण सिंहले वास्तविक कृषक चिन्नुपर्ने बताउनुभयो । अनुदानका लागि केहीले जालझेल गर्ने गरेकोले यस्तो कार्य रोकेर वास्तविक कृषकलाई चिन्नु पर्ने उहाँको भनाई थियो । योजना लागु भइसकेपछि त्यसले दिने प्रतिफल जाँच गर्नु पर्नेमा पनि उहाँको भनाई थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई डडेल्धुराका प्रमुख ध्रुवराज जोशीले स्थानिय तहका आगामी दिनमा समन्वय गरेर कार्य गर्न पशु तथा कृषी शाखाका प्रमुखहरुलाई आग्रह गर्नुभयो ।

Shaileshwori
Loading...