
डोटी : धनगढी-खुटिया-बिपि नगर-दिपायल -चैनपुर हुदै उरे भन्ज्याङ जोड्ने सडकका बारेमा सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीले उपप्रधान, भौतिक पुर्वाधार तथा यातायात विकास मन्त्री नाराणकाजी श्रेष्ठसँग छलफल गर्नुभएको छ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा डोटी प्रदेश सभा ख बाट निर्वाचित ओलीले शनिबार मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गर्नुभएको हो ।
वैकल्पिक राजमार्ग रुपमा रहेको सडक गत वर्ष सरकारको बजेट भाषणमा समावेश भएन । २ सय ९६ किलोमिटर लम्बाइ रहेको सडकमा सरकारबाट किन बजेट परेन भन्ने सन्दर्भमा मन्त्री श्रेष्ठसँग छलफल गरिएको प्रदेश सभा सदस्य ओलीले जानकारी दिनुभयो । यो सडकले नेपाललाई छिमेकी देश भारत र चिनलाई सङ्ग छोटो दुरिमा जोड्छ । हाल राष्ट्रिय राजमार्गमा समेत समाबेश गरिएको छ ।

सडक योजनाको बिषयमा योजना कार्यालय निमित्त प्रमुख लक्षण रावल सङ्ग पनि आवस्यक परामर्श गरेको र छिट्टै योजनाको काम सुरु हुने आश्वासन पाएको ओलीले बताउनुभयो । गत आर्थिक वर्षमा ३० करोड रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष २०७९/०८० मा भने सरकारले यश सडकमा बजेट नै हालेन । आर्थिक वर्ष २०७८/७९ सम्मको सडको दायित्व ७८ करोड पुगेको छ ।
बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा फाईल पेस भएर स्वीकृत भएको भएपनि हालसम्म अक्तियारी प्राप्त हुन सकेको छैन । जसले गर्दा निर्माण व्यवसायीलाई हालसम्म भुक्तानी दिन नसक्दा उनिहरुले ब्याज दाबि गरिरहेका छन् । बजेट नपर्दा गत असोज महिना देखी सडक निर्माण कार्य ठप्प छ । धनगढी देखि दिपायल सम्म जम्मा ९५ किलोमिटर लम्बाइ रहेको यो सडक हाल संचालनमा रहेको राजमार्गको बैकल्पिक राजमार्गको रुपमा रहेको छ ।
यसैबीच निर्माणाधीन सहजपुर-बोक्टान-दिपायल सडकको प्रगतिको बिसयमा पनि मन्त्रिसँग छलफल भएको छ ।
