सिमचौर साक्षर वडा घोषणा

सिलगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरलाई साक्षर वडा घोषणा गरिएको छ । मानव केन्द्रित पनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्युनता भन्ने मर्मका साथ आइतवार वडालाई साक्षर वडा घोषणा गरिएको हो ।

Sayalb

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही बमोजिम गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडालाई एक कार्यक्रमका बिच साक्षर घोषणा गरिएको वडा अध्यक्ष खेम घर्तिमगरले बताउनुभयो । वडा अध्यक्ष मगरका अनुसार सिमचौरका ९७.५ प्रतिशत नागरिक साक्षर छन् ।

गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला, प्रमुख प्रशासकीय अधिकृत भरत चन्द लगायत स्थानीयको सहभागीता रहेको कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।

Shaileshwori
Loading...