पुलको काम छिटो सक्न परमादेश माग सहित उच्च अदालत दिपायलमा रिट दर्ता

डोटी : डोटीको शिखर नगरपालिका वडा नम्बर १०  र ११ जोड्ने बानेडुग्रीसैनस्थित सेती नदीमा निर्माणाधीन मोटरेवल पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन परेको छ । सोमबार स्थानीयवासी रामहरि ओझाले पुल यथाशक्य छिटो निर्माणका लागि परमादेश लगायत उपयुक्त आदेश गरिपाउ भन्दै उच्च अदालत दिपायलमा रिट दायर गर्नुभएको हो ।

Sayalb

उच्च अदालतले त्यस क्षेत्रका बासिन्दालाई न्याय हुने गरी उपयुक्त आदेश गर्नेमा आशावादी रहेको पत्रकार समेत रहनुभएका रिट निवेदन कर्ता ओझाले बताउनुभयो ।  ३ वर्षमा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी २०७१ असार २९ गते निर्माण कम्पनी  पप्पु राजेन्द्र जोइन्ट भेन्चर (जेभी) सँग सम्झौता भएको थियो । काम सुरु भएको ८ वर्ष भइसक्दा पनि उक्त पुलको २२ प्रतिशत मात्रै काम पूरा भएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट)सहित २६ करोड २० लाख ८८ हजार लागतमा निर्माण हुने भनिएको ३२० मिटर लामो उक्त आरसिसी पुल निर्माणका लागि डिभिजन सडक कार्यालय डोटीले जेभी सँग सम्झौता गरेको थियो । हाल पुल निर्माणको काम राजेन्द्र निर्माण सेवाले गर्दै आएको छ ।  ८ वर्षसम्म पुल निर्माण नभएको भन्दै स्थानीयहरू आक्रोशित भएका छन् ।

Shaileshwori
Loading...