प्रहरी सहायक निरीक्षक साउँदको हेलिकप्टर मार्फत उद्धार

गणेश मौनी, डोटी

Sayalb

सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा तालिमरत प्रहरी सहायक निरीक्षक दल बहादुर साउँदलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज रिफर गरिएको छ । प्रहरी चौकी गाजरी बैतडीमा दरबन्दी रहेका साउँदलाई आज बिहान ब्लड प्रेसर हाई हुँदा थप उपचारको लागि जिल्ला अस्पताल पठाएका थियौ त्यहाँ उपचार सम्भव नहुँदा थप उपचारका लागि बाहिर पठाइएको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

प्रदेश प्रहरी कार्यालय मार्फत माथिल्लो तहमा समन्वय गरी नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि नेपालगन्ज भेरी प्रादेशिक अस्पतालमा पठाइएको समेत प्रवक्ता बोहराले बताए । प्रहरी सहायक निरीक्षक साउदँलाइ हृदयाघात भएको हुँदा डोटीमा उपचार सम्भव नभएकोले आधारभूत उपचार पश्चात् थप उपचारको लागि बाहिर रिफर गरिएको जिल्ला अस्पताल डोटीका एम बिबिएस डाक्टर प्रकाश ठकुल्लाले बताए । साउँदको स्थायी घर मेल्लेग गाउँपालिका अछाम रहेको छ ।

Shaileshwori
Loading...