सहिदको सम्झनामा दीप प्रज्वलन

गणेश मौनी
माघ १६ डोटी
बास नेपाल डोटी शाखाले सहिद दिवसको अवसरमा डोटीमा दिप प्रजोलित गरेको छ । दिवसको अबसरमा बास नेपालले जिल्ला प्रशासन कार्यालय डोटीको प्राङगणमा मैन बत्ती प्रजोलित गरेर दिवस मनाएको बास नेपाल डोटी शाखाका अध्यक्ष शरिता कठायतले बताईन् ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा गर्दै हरेक वर्ष शहीद दिवस मनाउने गरिन्छ ।

Sayalb

दिप प्रजोलित कार्यक्रममा सहभागिता हुदै डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सहिदहरुले देखाएका बाटा र सपना पुरा भए देश समृद्धीको बाटोमा अघाडी बढ्ने बताईन् । बास नेपालले सचालन गरेको सामाजिक अभियानहरुलाई आगामी दिनमा निरन्तरा दिनुपर्ने समेत प्रजिअ श्रेष्ठले बताईन् ।

सहीद दिवसको अवसरमा बास नेपाल डोटी शाखाले आजै जिल्ला अस्पताल डोटीमा रक्तदान कार्यक्रमको आयोजना समेत गरेको थियो । दिप प्रजोलित कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरिक्षक भोला भट्ट, प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, बास नेपालका प्रदेश सचिब गणेश मौनी, बास नेपाल डोटी शाखाका पदाधीकारी, साधारण सदस्य,नागरिक समाज, पत्रकार जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधीको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...