बोगटान-४ सात्फरी साक्षर वडा घोषणा

191
Shaileshwori

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सात्फरीलाई साक्षर वडा घोषणा गरिएको छ । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्युनता भन्ने मर्मका साथ सोमवार वडालाई साक्षर वडा घोषणा गरिएको हो ।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही बमोजिम गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा वडालाई एक कार्यक्रमका बिच साक्षर घोषणा गरिएको वडा सदस्य रतन बिकले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिला, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लगायत स्थानीयको सहभागीता रहेको थियो । आइतवार वडा नम्बर १ सिमचौर, सोमबार वडा नम्बर २ केदारअखडा र मंगलबार वडा नम्बर ३ कानाचौरलाई साक्षर वडा घोषणा गरिएको थियो ।

Sujang New
Leave A Reply

Your email address will not be published.