अभिमुखीकरण कार्यक्रम सम्पन्न

गणेश मौनी
माघ २१ डोटी
दिपायल सिलगढी नगरपालिका रोजगार सेवा केन्द्रले आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।रोजगार सेवा शाखाले वडा नम्बर ३ मा आयोजना गरेको सामुदायिक भेला तथा श्रमिक समूह सँगको अभिमुखीकरण कार्यक्रम एक कार्यक्रमका बिच शनिवार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले घर घरमा स्वरोजगार बन्न केही न केही सिप सिक्न आवश्यक रहेको बताए ।उनले भने अब नगरभित्रका कसैले पनि आफ्नो जमिन बाझो राख्न पाउने छ्रैनन् केही न केही गरेको हुनुपर्छ होइन भने अरूले उपभोग गर्छन् । नगरपालिका भित्र बसोबास गर्ने कृषकहरूले विभिन्न समूह, सहकारी सङ्घ संस्थासँग आबद्ध भई उद्यमी बन्न आवश्यक रहेको समेत नगर प्रमुख खड्काले बताए । नगरभित्रका कृषकहरूले उत्पादन गरेका कृर्षि उपजहरको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने समेत बताए ।

Sayalb

रोजगार सेवा शाखाबाट लानुहुने कार्यक्रमबाट महिला, दलित, एकल महिला पिछडिएका वर्गलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएकी दिपायल सिलगढी नगरपालिकाकी नगर उप प्रमुख कलावती साउदले बताइन् । ग्रामीण क्षेत्रमा बस्ने दिदीबहीनीहरुको आर्थिक अवस्था माथि उकास्न नगरपालिकाले पनि विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको समेत उप प्रमुख साउदले बताइन् ।

एक दिने अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बारेमा जानकारी, सूचीकरण प्रक्रिया, भुक्तानी प्रक्रिया, बिमा सम्बन्धी लगायतका विषय बस्तुको बारेमा जानकारी गराइएको दिपायल सिलगढी नगरपालिकाका रोजगार सेवा केन्द्र संयोजक टेकराज भण्डारीले बताए । उनले नगरपालिकाका अन्य बाकी रहेका वडाहरूमा पनि अभिमुखीकरण कार्यक्रम गरिने समेत बताए ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख, उप प्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, पत्रकार लगायत वडा नम्बर १ देखि ४ सम्मका महिला, पुरुष, दलित एकल महिलाको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...