Before Header
After Navigation

आदर्श-६ का ५ सय १० जनालाई कम्बल वितरण

डोटी : आदर्श गाउँपालिका वडा नम्बर ६ का ५ सय १० जनालाइ न्यानो कम्बल वितरण गरिएको छ । जाडो छल्न सहयोग पुगोस् भनेर जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाइ वडा अध्यक्ष लाल बहादुर खडायतले न्यानो कम्बल वितरण गर्नु भएको हो ।

Sagan sahari bhawan nirman aayojana

वडाका विभिन्न टोलका आर्थिक अवस्था कमजोर भएका, बृद्ध, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाइ छनोट गरि न्यानो लुगा वितरण गरिएको हो । दुई दिन लगायर वडा कार्यालयबाट न्यानो लुगा वितरण गरिको वडा अध्यक्ष खडायतले बताउनुभयो । लुगा पाएपछि स्थानीय खुसी भएका छन् ।

चिसो मौसममा न्यानो कम्मल पाएपछि आफुहरुलाइ राहात भएको उनीहरुको भनाइ छ । जन अपेक्षा अनुसार करिब चार लाख बराबरको न्यानो लुगा वितरण गरेको वडा अध्यक्ष खडायतले बताउनुभयो । चिसो भएकै कारण वितरण गरेको कम्बलले न्यानो हुने अपेक्षा रहेको उहाँले बताउनु भयो ।

Shaileshwori
Loading...