Before Header
After Navigation

शिखर नगरपालिकाद्वारा अलपत्र परेकी महिलाको उद्वार

डोटी : डोटीको शिखर नगरपालिकाले एक महिलाको उद्धार गरेको छ । दिपायल सिलगढी नगरपालिकाको सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएकी शिखर नगरपालिका वडा नम्बर १० बानेडुग्रीसैनकी दुर्गा देवी बलायरको उद्धार गरिएको हो । बलायर एक हप्ता देखि जिल्ला सदरमुकाम सिलगढी बजारमा अलपत्र अवस्थामा रहनुभएको थियो ।

Sagan sahari bhawan nirman aayojana

मानसिक रोगको औषधी सेवन गरिरहनुभएकी उहाँ के कति कारणले यस्तो अवस्थामा पुग्नुभयो भन्ने खुलेको छैन । बलायर सिलगढी रहेको खबर पाएपछि शिखर नगरपालिकाका उपप्रमुख सुनिता रावल उद्धारको लागि यहाँ पुग्नुभएको हो । उहाँको स्वास्थ्य जाँच गरेर आफन्तको जिम्मा लगाउने उपप्रमुख रावलले बताउनुभयो ।

उहाँको घरमा वृद्ध सासू बाहेक कोही नरहेको स्थानीयको भनाई छ । श्रीमान् रोजगारीको सिलसिलामा र छोरा पढाइको लागि भारतमा तथा छोरी काठमाडौँ रहेको पाइएको छ ।

Shaileshwori
Loading...