सेवामा क्रमिक सुधार गर्दै डोटी जिल्ला अस्पताल

Sayalb

डोटी जिल्ला अस्पताल सेवामा क्रमिक सुधारको बाटोमा गईरहेको छ । स्वास्थ्य निर्देशनालय राजपुरले अस्पतालको शुसासन ब्यबस्थापन, स्वास्थ्य उपचार सेवा, अस्पताल सहयोग सेवा जस्ता मापदण्डलाई आधार मानेर गरिएको अनुगमन तथा सर्बेक्षणमा जिल्ला अस्पताल डोटीले ७७ अंक प्राप्त गरेको छ ।
स्वास्थ्य उपचार सेवामा ७९, शुसासन तथा ब्यबस्थापन ८३ र अस्पताल सहयोगमा ६४ प्रतिशत अंक प्राप्त गरेको अस्पतालले औषतमा ७७ अंक प्राप्त गरेको हो । बिशेषज्ञ चिकित्सक सहतिको सेवा प्रवाह गर्दै आएको अस्पतालले स्वास्थ्य उपचार सेवा, शुसासन तथा ब्यबस्थापनमा राम्रो अंक प्राप्त गरे पनि अस्पताल सहयोग कार्यक्रममा राम्रो अंक प्राप्त गर्न सकेन । यस भन्दा पहिला गरिएको अनुगमनमा ७५ पाएको अस्पतालले दुई अंक थप्दै ७७ अंक प्राप्त गरेको हो ।
प्रत्येक ६ महिनामा सुदूरपश्चिम प्रदेशका जिल्ला अस्पतालहरुमा अनुगमन तथा सर्बेक्षणगरी अस्पतालको सेवा प्रवाह तथा कार्य सम्पादनका आधारमा मूल्याङ्कन गर्ने गरिएको स्वास्थ्य निर्देशनालय डोटीका न्यूनतम सेवा मापदण्ड कार्यक्रमको सम्पर्क ब्यक्ती सुप्रिया बस्नेतले बताईन् ।
तत्काललाई अस्पताल निर्माणाधिन क्रममा रहेको, एम्बुलेन्स तथा शब बहान नभएका कारण केही अंक कमी भए पनि पक्रीयामा रहेका योजना पुरा हुने बित्तिकै अस्पतालले राम्रो सेवा प्रवाह गर्न सक्ने न्यूनतम सेवा मापदण्ड अनुगमन तथा मूल्याङ्कन टोली प्रमुख अर्जुन भट्टले बताए । भट्टले भने ‘नयाँ भाबनबाट सेवा र शब बहान एम्बुलेन्स खरिद भईसकेको भए अझै राम्रो हुन्थ्यो यहाँहरुले गरेको प्रयास राम्रो छ ।’


जिल्ला अस्पतालमा सुधारका लागी निरन्तर प्रयासमा रहेको डोटी जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए । नेपालीले भने ‘हामी बिरामीको सेवामा हुन पर्छ, हामी अस्पताल सुधारका लागी अझै लाग्न आबश्यक छ हाम्रो मेहनत अनुसार अंक कम प्राप्त भए पनि हामी निरास छैनौँ अझै सुधार गर्नेछौँ ।’
जिल्ला अस्पतालमा नर्सिङ जनशक्तीको अभाबका एचडियू तथा एनआईसियू जस्ता सेवा प्रवाह गर्न नसकिएको जिल्ला अस्पताल डोटीको मेडिकल सुपरिटेण्डेन निराजन श्रेष्ठले बताए । श्रेष्ठले भने ‘४ जना नर्सिङ दरबन्दी छ, तिन जना अध्ययन बिदामा छन् एक जना मात्रै हुनुहुन्छ बिदा स्वीकृत गरेर हाम्रोमा दरबन्दि पठाएको छ तलब यतैबाट खान्छन् रेडर्कमा फुलफिल देखिन्छ तर यहाँ जनशक्ती छैन् ।’

Shaileshwori
Loading...