
धन बोहरा, डोटी
सायल गाउँपालिका वडा नम्बर १ छपालिमा शाखा रहित बैङ्किङ सेवा (बिएलबि) सुचारु भएको छ । गाउँपालिका केन्द्रबाट भौगोलिक हिसाबले टाढा रहेको वडामा नबिल बैङ्कको शाखा रहित बैङ्किङ सेवा सुरु भएको हो ।

सरकारले गत वर्ष देखि सामाजिक सुरक्षा भत्ता बैङ्कबाट वितरण गर्ने व्यवस्था गरेको थियो । जसले गर्दा वडाका बृद्धबृद्धा, अशक्त, बालबालिका लगायतका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरू पालिका केन्द्र पुग्नुपर्ने बाध्यता थियो ।
स्थानीयको समस्यालाई मध्यनजर गरेर उक्त सेवा सुचारु गरिएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताउनुभयो । अब शाखा रहित बैङ्किङ सेवा बाटै स्थानीयले सेवा पाउने भएका छन् ।
