सिलगढीमा सडक चक्काजाम निषेधित समिति गठन

सिलगढी : डोटीको दिपायल सिलगढी नगरपालिका अन्तर्गत पर्ने के.आई.सिंह तथा पहलवान सिंह राजमार्गका लागि चक्काजाम निषेधित समिति गठन गरिएको छ । मङ्गलवार जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाको उपस्थितिमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर विष्टको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यहरूमा महेन्द्र बहादुर केसी, श्याम प्रसाद जोशी, लोकराज बोहरा, मान बहादुर धामी, किरण धामी, रवीन्द्र जोशी, टेक बहादुर चन्द, घनश्याम दत्त पाठक रहनुभएको छ । समितिको सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी रहनुभएको छ ।

Sayalb

समितिले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५, ६ र ७ मा पर्ने के.आई.सिंह राजमार्ग तथा पहलवान सिंह राजमार्ग र अन्य सडकखण्डहरुमा आकस्मिक रूपमा बाटो बन्द गर्ने, टायर जलाउने, विरोध प्रदर्शन गर्ने, ढुंगामुडा राखी बाटो अवरुद्ध गर्ने जस्ता कार्यहरू गरी चक्काजाम गर्ने काम रोक्ने संयोजक कर्ण विष्टले बताउनुभयो । यस्ता गतिविधि हुन नदिन जिल्ला प्रहरी कार्यालय डोटीसँग सहकार्य गरेर चक्काजाम हटाउन आवश्यक सहयोग र पहल गर्ने विष्टले बताउनुभयो ।

महिनाको एक पटक चक्काजाम निषेधित समितिको बैठक बस्ने छ । चक्काजाम रोक्नको लागि जिल्लाका अन्य ठाउँहरूमा पनि यसरी नै समिति गठन भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Shaileshwori
Loading...