
डोटी : जिल्ला अस्पताल डोटीले शव वाहन खरिद गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा अस्पतालले शव वाहन खरिद गरेको हो ।

जिल्लामै पहिलो पटक जिल्ला अस्पताल डोटी शव वाहन भित्र्याउन सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताउनुभयो । क्याटलक विधि मार्फत टेन्डर भई खरिद भएको शव वाहन मङ्गलवार अस्पतालमा पुर्याइएको छ । आवश्यक प्रक्रिया पूरा गरेर एक हप्ता भित्रै अस्पतालले शव वाहन सेवा प्रदान गर्ने जनाएको छ ।
यसअघि शव वाहन नहुँदा यहाँका नागरिकले शव बोक्न ट्याक्टर तथा जिपको प्रयोग गर्ने गरेका थिए । यस्तै प्रदेश सरकारकै आर्थिक सहयोगमा अस्पतालले एम्बुलेन्स खरिद गरिरहेको अध्यक्ष नेपालीले बताउनुभयो ।
