
मोहन ठकुल्ला, डोटी
भैरव प्रसाद गण सिलगढीले सेना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार सिलगढी स्थित टुँडिखेलमा खप्तड–शैलेश्वरी अन्तर विद्यालय नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।
६ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नवदिप विद्या निकेतन बोडिङ स्कुल सलेना प्रथम, पवित्र माद्यामिक विद्यालय सिलगढी द्धितीय र सरस्वती माद्यामिक विद्यालय राना गाउँ तृतीय भएको छ । प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेको छन् । कार्यक्रममा छलिया नाच, विपद्को बेला प्रयोग हुँदै आएका औजार, हालसम्म सेनाले प्रयोग गरेका पोसाक, सेना सम्बन्धीका विभिन्न श्रव्य तथा दृश्य सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा फागुन ६ गतेसम्म विभिन्न कार्यक्रम गरिने भैरव प्रसाद गण सिलगढीका प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनुभयो । खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नेपाली सेना र नागरिकको सम्बन्ध प्रघाट बनाउन, सामाजिक संस्कृतिको जगेर्ना गर्न ठुलो सहयोग पुग्ने प्रमुख सेनानी कार्कीको भनाइ छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न पर्यटकको सम्भावना बोकेको खप्तड क्षेत्रमा पर्यटन भित्र्याउन सहयोग पुग्ने सेनानी कार्कीको दाबी छ । डोटेली लोपोन्मुख तथा लुकेर रहेका संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
