मल्याणी बासी पुस्तौँ देखी खोलाको पानी उपभोग गर्दै 

गणेश मौनी 
माघ २७, डोटी 
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ मल्याणी गाउँका १७ घर परिवार गाउँमा खानेपानीको अभाव हुँदा पुस्तौँ देखि खोलाको पानी खान बाध्य भएका छन् । २०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तरगत स्थानीय बासीको साझेदारीमा गाउँ नजिक रहेको ठुला खोला बाट सोलारमुस आयोजना निमार्ण गर्दा केही समय गाउँघरमा खानेपानीको सहजता भएपनी खानेपानी बिग्रिँदा पुन खानेपानीको अभाव  हुनुका साथै निर्माण गरिएका खाने पानीका धारा, टङ्की जीर्ण बन्दै गएका छन् ।
Sayalb
खानेपानी आयोजना अन्तरगत निमार्ण भएको सोलारमुसको इनभटर बिग्रिएपछि एक वर्ष देखि खानेपानी खोलाबाट बोकेर खानुपर्ने बाध्यता रहेको स्थानीय खडक बोहराले बताए । उनले भने हामी पहिले खानेपानी खोलाबाट बोकेर खान्थ्यौ खानेपानी आयोजना निमार्ण हुँदा केही वर्ष सहज भएको थियो फेरी त्यस्तै अवस्थामा पुग्यौ । एक घण्टाको दुरीमा रहेको खोलाबाट बोकेर खानु पर्ने बाध्यता रहेको बताए ।
घरघरमा सिंहदरबार भनेर नारा लगाए, हामीलाई भोट दिनुहोस् भनेर चुनावको समयमा धेरै नेताहरू आए भोट मागे तर हाम्रो खानेपानीको समस्या कसैले सम्बोधन गरेनन् अर्का स्थानीय हिक्मत बोहराले बताए । जनप्रतिनिधीहरुले हामीलाई भोटबैंकको रूपमा मात्र प्रयोग गर्ने गरेको आरोप समेत लगाए । मल्याणी गाउँमा १७ घर परिवार बसोबास गर्छन् । उनीहरू अहिले गाउँनजिक रहेको ठुला खोला बाट करिब १ घण्टाको बाटोमा खानेपानी बोकेर खाने गर्छन् ।
अनुकूलन परियोजना अन्तरगत २०७३ सालमा ९ लाख संस्था र ७ लाख स्थानीयले श्रमदान गरी ठुला खोला सोलारमुस आयोजना सम्पन्न भएको थियो । हाल इनभटर बिग्रँदा खानेपानीको हाहाकार भएको छ । खानेपानी पुनः निर्माण लागि हाल सम्म कुनै तहबाट पहल नभएको स्थानीय बत्ताउँछन् ।
Shaileshwori
Loading...