Before Header
After Navigation

भैरव प्रसाद गणको आयोजनामा दौड प्रतियोगिता हुने

सुवास नेपाली, डोटी 
नेपाली सेनाको आयोजनामा सिलगढीमा अन्तर विद्यालय दौड प्रतियोगिता हुने भएको छ । सेना दिवस २०७९ को अवसरमा भैरव प्रसाद गणको आयोजनामा फागुन ५ गते सो प्रतियोगिता हुन लागेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले जानकारी दिनुभयो ।
Sagan sahari bhawan nirman aayojana
सो प्रतियोगितामा एउटा विद्यालय बाट ८ कक्षा देखी १० कक्षा सम्मका १ जना छात्र र १ जना छात्रा गरी २ जना बिद्यार्थीहरु सहभागी हुन पाउने भैरव प्रसाद गणले जनाएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक छात्र छात्रा लाई टी-शर्ट उपलब्ध गराउनुका साथै प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन फागुन ३ गते देखि ४ गते सम्म नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । फागुन ५ गते बिहान ७ बजे देखि सञ्चालन हुने प्रतियोगिताको रुट पैंयु देखि टुँडिखेल सम्म ( ५किलोमिटर ) हुने छ। साथै सोही दिन जिल्ला स्थित सम्पूर्ण कार्यालयका प्रमुख, पत्रकार लगायतको पनि (वाक थुन) रन फर फन प्रतियोगिता पनि सञ्चालन हुने छ । प्रतियोगितामा सहभागी हुने लाई टी-शर्ट उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।
Shaileshwori
Loading...