बोगटान फुड्सिल गाउँपालिका-१ छिडिखानमा पुग्यो पहिलो पटक बस

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पहिलो पटक बस पुगेको छ । गाउँपालिकाको वडा नम्बर १ सिमचौरको छिडिखानमा से १ ख २१४९ नम्बरको सुदूरपश्चिम यातायातको बस पुगेको वडा अध्यक्ष खेम घर्तिमगरले जानकारी दिनुभयो ।
सहजपुर, बोगटान, दिपायल सडक खण्ड अन्तर्गत  बागछेडा देखि छिडिखानसम्मको सडक सरसफाइ तथा मोड सुधार गरिएपछि परीक्षणका लागि पहिलो पटक सोमबार बस छिडिखान पुर्‍याइएको हो  । बस छिडिखान पुगेपछि स्थानियहरु खुसी व्यक्त गर्दै चालक तथा सहचालकलाइ फुलमाले स्वागत गरेका थिए ।
Sayalb
बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा सडक सरसफाइ र मोड चौडा बनाउने कार्यको गरिएको हो । नियमित बस सञ्चालनका लागि आवश्यक प्रक्रिया थालिएको गाउँपालिका अध्यक्ष कमल बहादुर गडसिलाले बताउनुभयो । छिट्टै नै गाउँपालिका केन्द्र चवराचौतारासम्म बस पुर्‍याउने अध्यक्ष गडसिलाले बताउनुभयो ।
बस सेवा सञ्चालनमा आएमा यस क्षेत्रका महँगो गाडी भाडा तिरेर जिपमा कष्टकर यात्रा गरिरहेका नागरिक लाभान्वित हुनेछन् ।
Shaileshwori
Loading...