डोटीमा प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन सम्बन्धी अन्तरक्रिया

किरण धामी, डोटी

डोटीमा प्रदेश कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास निर्देशनालय राजपुरको आयोजनामा सिलगढीमा नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष तथा पालिका कृषि शाखा प्रमुखसँग अन्तरक्रिया गरिएको हो ।

प्रदेशका कृषि कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न के गर्ने र कसरी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुखहरूले कार्यालयसँग सम्बन्धित कृषि बारेका प्रस्तुति राखेका थिए । कार्यक्रममा सहभागीले कृषकहरूले राहत तथा बिमा बापतको रकम पाउन धेरै समस्या खेपिरहेको र बिचौलियाबाट ठगिने गरेको बताएका थिए ।

Sayalb

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय योजना महाशाखा प्रमुख टिकाराम थापाले बिमा प्रक्रिया झन्झटिलो नरहेको बताउनुभयो । किसानलाई बिमा गर्ने नगरेकाले झन्झटिलो लागे पनि बानी परेपछि सहज लाग्ने उहाँको भनाइ छ । `बजारमा माग भए अनुसार उत्पादन हुन सकिरहेको छैन, उहाँले भन्नुभयो, उत्पादन बढाउन स्थानिय सरकारले बल गर्नुपर्ने देखिन्छ ।´ भोकमरीमा रहेका नागरिकको जीवन  स्तर सुधार्न र देशकै विकासका लागि कृषिको द्रुततर विकास गर्नुपर्नेमा उहाँको जोड थियो । उत्पादनले मूल्य नपाउने गरेको सन्दर्भमा उहाँले स्थानीय सरकारले यसका लागि आवश्यक काम गर्नुपर्ने बताउनुभयो ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले कृषिको विकासका लागि कृषि निर्देशनालय, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारलाई स्थानीय सरकारसँग सम्झौता गर्न आग्रह गर्नुभयो । विभिन्न निकायसँग सम्झौता गरेर भए पनि कृषि क्षेत्रको विकास गर्न जोरायल गाउँपालिका प्रयत्नरत रहेको उहाँले बताउनुभयो । राहतको लागि सम्बन्धित निकायमा धाउँदाधाउँदै राहत रकम भन्दा बढी खर्च हुने गरेकाले राहत रकम सिधै पालिकाले वितरण गर्ने व्यवस्था गर्नु पर्ने उहाँको तर्क छ ।

नेपालीहरू भारतसँग ठगिने गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले बताउनु भयो । भारतले नेपालको कृषि क्षेत्र ध्वस्त गर्न विभिन्न बहाना गरिरहेकाले सजक रहनु पर्ने उहाँले बताउनुभयो । `नेपालीहरू कसका र केका लागि गर्ने भन्ने जस्ता कुुराहरु सोच्ने गर्छन्, उहाँले भन्नुभयो कृषिको विकास हुन नसकेको यसै करण हो, कृषि क्षेत्रको विकासका लागि सबै एकबद्ध भएर लाग्नु पर्छ ।´ कृषिको विकल्प नरहेको उहाँको भनाई छ ।

कृषि निर्देशनालय राजपुरका कार्यालय प्रमुख यज्ञराज जोशीले प्रदेशमा निर्यात भन्दा बढी आयात हुने गरेको बताउनुभयो । पर निर्भरताबाट माथि उठ्न सक्नु पर्ने अहिलेको आवश्यकता हो ।भारतले गहुँ जस्तै चामल निर्यातमा कडाइ गरेमा भोकमरी सिर्जना हुने अवस्था भएकोले कृषि पेसामा जोड दिनुपर्ने उहाँको भनाइ छ । स्थानीय तहहरूले कृषिलाई प्राथमिकतामा राखेर कार्य गरेमा डोटी जिल्ला सुदूरपश्चिम प्रदेशमै कृषिमा फड्को मार्ने बताउनुभयो ।

Shaileshwori
Loading...