
पोखरा जाँदै गरेको यात्रुवाहक बस कालीगण्डकी नदिमा खस्दा ४ जना गम्भीर घाइते भएका छन् । हिमालपारिको जिल्ला मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को ना ७ ख ७४४० नम्बरको बस बुधवार बिहान दुर्घटनामा परेको हो ।

१७ जना यात्रु सवार रहेको बस बेनी–जोमसोम सडकको धम्पुस्थित सडकको बायाँ करिब ५४ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङका प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेललेका अनुसार गम्भीर घाइते यात्रुलाई उपचारका लागि पोखरा पठाइएको छ भने सामान्य घाइते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
