
डोटी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा डोटीको दिपायल सिलगढी नगरपालिकाले ६८ दशमलव ८६ प्रतिशत अङ्क प्राप्त गरेको छ । १७ सूचकका आधारमा गरिएको कार्यसम्पादन मूल्याङ्कनमा दिपायल सिलगढी नगरपालिका ६८ दशमलव ८६ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लाकै पहिलो पालिका बनेको हो ।
६१ दशमलव ८१ प्रतिशत अङ्क पाएको के.आई.सिंह गाउँपालिका दोस्रो, आदर्श गाउँपालिका ६० दशमलव २७ प्रतिशत अङ्क सहित तेस्रो हुँदा बोगटान फुड्सिल गाउँपालिका चौथो पालिका बनेको छ । बोगटान फुड्सिल गाउँपालिकाले ६० दशमलव १४ अङ्क प्राप्त गरेको छ ।

त्यस्तै बडीकेदार गाउँपालिकाले ५८ दशमलव ४९ प्रतिशत, शिखर नगरपालिकाले ५५ दशमलव १६ प्रतिशत, सायल गाउँपालिकाले ५३ दशमलव ८३ प्रतिशत र जोरायल गाउँपालिकाले ५२ दशमलव ३४ प्रतिशत अङ्क प्राप्त गरेको छ । ५२ दशमलव ०३ प्रतिशत अङ्क प्राप्त गरेको पूर्बीचौकी गाउँपालिका जिल्लाकै सबैभन्दा कम अङ्क प्राप्त गर्ने पालिका बनेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानिकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।
