बोगटानका महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान

441
Shaileshwori

डोटी : बोगटान फुड्सिल गाउँपालिकाका ८१ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरिएको छ । ‘महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तरगत गाउँपालिकामा क्रियाशील सम्पूर्ण महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई सम्मान गरिएको हो ।

स्वयमसेबी भावका साथ निरन्तर समुदायमा रहेर महिलाहरूको स्वास्थ्य तथा सामाजिक सचेतना फैलाउन कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष सिस्ना देउवा बमले बताइन् । उपाध्यक्ष देउवाले भनिन् ‘बोगटान फुड्सिलका महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्यका क्षेत्रमा मात्र नभई राज्यका महत्त्वपूर्ण अभियानहरू सफल बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’

महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई दोसल्ला, प्रमाणपत्र र नगद सहित सम्मान गरिएको हो । महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

उपाध्यक्ष बमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चवरा चौताराका वडा अध्यक्ष चन्द्रमान सुनार, स्वास्थ्य शाखा प्रमुख, गाउँपालिकाका विषयगत शाखा प्रमुख र स्वास्थ्य चौकी प्रमुखहरू लगायतको सहभागिता थियो । कार्यक्रम को सञ्चालन गाउँपालिकाका सिनियर अहेव शिशिर बोगटीले गरेका थिए भने स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख प्रेम बोगटीले राखेका थिए ।

Sujang New
Leave A Reply

Your email address will not be published.