शैलेश्वरी अस्पतालमै हुन थाल्यो पाठेघरको अप्रेसन 

1,405
Shaileshwori

डोटी : दिपायलमा रहेको शैलेश्वरी अस्पतालले सेवा विस्तारमा जोड दिएको छ । सुदूरपश्चिम प्रदेका पहाडी जिल्लाको सुविधा सम्पन्न शैलेश्वरी अस्पतालले यहाँका बिरामीलाई मध्यनजर गर्दै सेवा विस्तारलाई तीव्रता दिएको छ ।

२०६९ सालमा स्थापना भएको अस्पतालले महिलाको पाठेघरको अप्रेसन, हाड जोर्नी,  हर्नियाँ, हाइड्रोशील ऐपेनडिसाईटिसको अप्रेसन लगायतका सेवा सुरु गरेको अस्पतालका निर्देशक आईजंग कुँवरले बताए । उनले भने, हामी अस्पतालबाट प्रदान हुने सेवा सुविधा सर्वसुलभ बनाउन लागिपरेका छौ, यहाँका महिलामा पाठेघरको समस्या धेरै देखा परेको छ, यो समस्यालाई मध्यनजर गर्दै अस्पतालबाट सस्तो शुल्कमा पाठेघरको अप्रेसन गरिरहेका छौँ ।

उनले थपे, यहाँका महिला पाठेघरको अप्रेसनका लागि भारत जाने गरेको पाएँ, त्यहाँ उनीहरूको करिब ८० हजार खर्च हुने रहेछ, हामीले ३० हजारमै पाठेघरको अप्रेसन गरिरहेका छौँ । पाठेघरको अप्रेसन गरेकी आदर्श गाउँपालिकाकी एक ३५ बर्सिया महिलाले कम शुल्कमै अस्पतालले अप्रेसन गरिदिएको भन्दै खुसी व्यक्त गरिन् ।

शैलेश्वरी अस्पतालमा डोटी जिल्लाका बिरामी मात्रै नभएर अछाम र बाजुरा जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।

Sujang New
Leave A Reply

Your email address will not be published.