चौडेल आबिको अध्यक्षमा लामा सर्वसम्मत चयन

181
Shaileshwori

गणेश मौनी 

फागुन १५, डोटी 

डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ चायकोटमा रहेको चौडेल आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा टेक बहादुर लामा सर्वसम्मत चयन भएका छन् ।

सोमबार विद्यालयमा भएको आम भेलाले अध्यक्षमा लामालाई चयन गरेका हुन् । अध्यक्ष सँगै अन्य सदस्यमा दल बहादुर दमाई, मान बहादुर पुन मगर, राधा देवी पल्ली मगर, शारदा देवी बिक, दुर्गा देवी रेस्मी चयन भएका छन् । त्यस्तै सदस्यमा वडा नम्बर ३ का वडा सदस्य प्रकाश लामा, शिक्षक अर्जुन बहादुर चन्द चयन भएका छन् भने सदस्य सचिवमा बिद्यायलका प्रधानाध्यापक यकम बहादुर साउद चयन भएका विद्यालयले जानकारी दिएको हो ।

२०३५ सालमा स्थापना भएको विद्यालयको शैक्षिक स्तर राम्रो रहेको विद्यालयका प्रधानाध्यापक यकम बहादुर साउदले बताएका छन् । विद्यालयमा हाल २ सय ५० जना बालबालिकाहरू रहेको समेत प्र अ साउदले बताएका हुन् ।

Sujang New
Leave A Reply

Your email address will not be published.