
गणेश मौनी
फागुन २४ डोटी
डोटीमा समान पहुँच विकास केन्द्र डोटी(सिड नेपाल)ले महिला कर्मचारीहरूलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा बुधवार समान पहुँच विकास केन्द्र डोटी(सिड नेपाल) र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनामा कार्यरत महिला कर्मचारीहरूलाई सम्मान गरिएको परियोजना संयोजक सुनिल जोशीले बताए ।

परियोजनालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निबार्ह गरेकोले उच्च मूल्याङ्कन गरी कदर स्वरूप सम्मान गरिएको समेत संयोजक जोशीले बताए ।
समुदाय स्तरमा परियोजनालाई कार्यान्वयन गरी सफल पार्न महिलाहरूको भूमिका महत्त्वपूर्ण रहेको वर्ल्ड भिजन ईन्टरनेशनल डोटीका गांगी बलायरले बताए । उनले भने हामीले घर परिवार सबै ठाउँमा रहेका नारीहरूलाई समान रूपमा हेर्नुका साथै सम्मान र कदर गर्नुपर्ने समेत बलायरले बताए ।
सम्मानित हुने महिला कर्मचारीहरूलाई सिड नेपालका अध्यक्ष यज्ञ राज जोशीले प्रमाण पत्र र सल ओढाएर सम्मान गरेका थिए ।
