योङ कम्युनिस्ट लिग नेपाल डोटीको प्रधानमन्त्रीलाई ज्ञापन

डोटी : योङ कम्युनिस्ट लिग नेपाल डोटीले जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरू निष्कर्षमा पुर्‍याउनु पर्ने बेला यसका विरुद्धमा केही व्यक्ति सक्रिय रहेकोले ध्यानाकर्षण जनाउँदै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

Sayalb

नेपाली जनताको अथक सङ्घर्ष र बलिदानबाट प्राप्त संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले केही दिन यता अस्वाभाविक तरिकाले गरिरहेको गतिविधि प्रति हाम्रो सङ्गठनको गभिर ध्यानाकर्षण भएको छ, ज्ञापन पत्रमा भनिएको छ, यस्ता षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न, संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष जोडदार माग गर्दछौ ।

शान्ति प्रक्रियाका बाकी कामहरूको निरूपण गर्न आवश्यक विधेयक निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरी सङ्क्रमणकालीन न्यायका बारेमा उठेका विषयहरूको निरूपण गर्न, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको योङ कम्युनिस्ट लिग नेपाल डोटीका संयोजक विशाल कुमार बरालले बताए । अर्थतन्त्र सङ्कटको समयमा मिटरव्याजिलाई नियन्त्रण गर्न, नेपाल सरकारका विभिन्न निकायहरूबाट भइरहेका भ्रष्टाचार, घुस खोरी, अनियमितता, ढिलासुस्तीको रोकथाम र नियन्त्रण गरी देशमा सुशासन कायम गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ ।

Shaileshwori
Loading...